• USA - United State America
  • support@inlausa.org

आप्रवासी नेपाली गीतकार संघ(INLA), अमेरिकाको प्रथम बार्षिक महोत्सव ओहायोमा सम्पन्न

आप्रवासी नेपाली गीतकार संघ(INLA), अमेरिकाको प्रथम बार्षिक महोत्सव ओहायोमा सम्पन्न


प्रवासमा रहेका नेपाली भाषामा गीत रचना गर्ने र गरिरहेका गीतकारहरुलाई एकताबद्ध गर्दै गीत संगीतको माध्यमबाट नेपाली भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन र बिकास गर्ने उद्देश्यका साथ स्थापित आप्रवासी नेपाली गीतकार संघ, अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सबर्गमा भव्य रूपमा सम्पन्न भएको छ।

inla8.jpg
संस्थाका अध्यक्ष समेत रहेका गीतकार हरि उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त बार्षिक समारोहमा नेपालबाट आउनुभएका बरिष्ठ चलचित्र कलाकार एवं विशिष्ट गीतकार नीर शाहको प्रमुख आतिथ्यता रहेको थियो। समारोहको विशिष्ट अतिथिका रुपमा संस्थाका संरक्षक समेत रहनुभएका कोलोराडो निवासी लोकप्रिय गीतकार ज्ञानेन्द्र गदाल, नेपालबाट आउनुभएका वरिष्ठ गीतकार भुषण खरेल, समाजसेवीहरु डा. दामोदर पौडेल, मुकेश सिंह, बरिष्ठ साहित्यकार गंगाराम लामिटारे आदिको उपस्थिति थियो।

inla9.jpg 

उक्त समारोहमा अमेरिकाको बिभिन्न राज्यमा बसोवास गर्ने नेपालीभाषी साहित्यकार एवं संगीतकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने संस्थाको निमन्त्रणामा नेपालबाट आउनुभएका बरिष्ठ चलचित्रकर्मी एबम विशिष्ट गीतकार श्री नीर शाह र लोकप्रिय गीतकार भुषण खरेलको विशेष उपस्थितिले कार्यक्रमको गरिमामय उच्च बनाएको थियो।

inla10.jpg

INLA को प्रथम वार्षिक उत्सवको रुपमा आयोजित उक्त समारोहमा माता सरस्वतिको पूजा अर्चना सहित विभिन्न सांस्कृतिक कार्यक्रम र साहित्यिक रचनाको बेजोड प्रस्तुति रहेको थियो । स्थानीय कलाकार भाईबैनीहरुको नाच, नयॅा पुराना कलाकारहरुद्वारा गायन, नयाँ कृतिहरुको लोकार्पण, सहित INLA को प्रथम प्रकाशनको रुपमा प्रकाशित अमेरिकाभित्रका गीतकारहरुको संयुक्त गीत संग्रह "नेपाली मूल: प्रीतिको फूल" को पनि बिमोचन गरिएको थियो। यसका साथै कलाकारहरुलाई प्रशंसापत्र, सुयोग्य प्रतिभाहरुलाई सम्मानपत्र र कार्यक्रममा हर तरहले सहयोग पुर्याउने महानुभावहरुलाई धन्यवाद सहित मायाको चिनो प्रदान समेत गरिएको थियो।  

 

inla6.jpg

inla5.jpg

inla3.jpg

inla 4.jpg

inla2.jpginla1.jpg

inla11.jpg

inla.jpg

© 2026 All right reserved to INLA USA  | Site By : SobizTrend