• USA - United State America
  • support@inlausa.org

निर्लज्ज लाम्खुट्टे !

निर्लज्ज लाम्खुट्टे !


मानव रसले उन्माद बन्दै बौलाएको  
   म जाबो लामखुट्टे
          संसारलाई दुषित बनाउन सहास गर्छु 
तरल तरंगको खाद्यले पनि 
     यति धेरै तागत दिदो  रहेछ त 
        तर किन जमाना फेरिदा पनि 
              प्राणीहरुले ढिक्का खाना नै रोजेका?
किनकी तरलता त विडम्बनाको आंसु 
   आफन्तको हेपाही , शासकको दमन
      र अमीर भै टोपल्नेका  दलाहीको रस पो हुदो रहेछ।
 बिहान देखि बेलुकी सम्म अर्धहांसो 
    र अर्धपूर्ण आशा बोकेर 
        भौतारिएको यात्री 
बेलुका अभावमा खड्किएर, 
       भड्किएर, सड्किएर र चर्किएर 
अर्ध नग्न पौवामा ढल्किएको वेवश 
    थकित रक्तनलीमा बगीहरेको 
          अर्थहीन रक्तरस पिएर 
दुईछाकको प्रत्याभूत नभएकोलाई ऋण थपेर 
     आफैलाई बलवान ठान्दैछु, म निर्लज्ज लामखुट्टे ।
क्षमता हुने हो त ती अग्ला अग्ला 
    इमारतका घमन्ड पिउनुमा 
थोरै भए पनि लालची, पाखन्डीको 
        धन खर्चाइनुमा पो बेग्लै मज्जा हुदो हो ।
म त्यो पनि जोहो गर्छु त भन्छु सहास नै जुट्दैन।
    अब म भट्टीपसलमा गएर 
निडर रस पिएर आउछु ल ! भनेको त्यहा पुगें 
    तर त्यहां त यौटा वेवश अपूरा सपना बोकेर 
एक नाश बरबराइ रहेको निसहाय 
     चिन्ताहीन रस  पिएर छेउको नालामा पल्टिरहेको ।
मैले पनि खतरा नमोली विना सर्त मेरो तृष्णा मेटें 
   म निर्लज्ज लामखुट्टे ! 
मानव वस्ती पाषण हृदयको वस्ती हो  भन्थे 
      तर हैन रहेछ पाषण त तेस्को हुदो रहेछ 
जसको भएर पनि नभएको अभिनय गर्छ । 
   नदिएर पनि दिएको अभिनय। 
लिएर पनि नलिएको र 
   पिएर पनि नपिएको अभिनय गर्नेहरुको 
      बादल देखाएर तिघ्रा भांच्नेहरुको भीडमा, 
ईश्वर देखाएर अस्तीत्व र संस्कृति बेच्नेको जमातमा 
    यौटा उत्साहले बाच्न चहाने व्यक्तिलाई 
         आफ्नो लामो विषाक्त सुडले डसेर 
   लम्पसार पार्न कम्मर कसेको छु म निर्लज्ज लामखुट्टे !!

© 2026 All right reserved to INLA USA  | Site By : SobizTrend