गीत- लुकी छिपी
लुकी छिपी (लाएको यो माया)२
हल्ला गर्दै नहिँड दाया बाया
(सल्लाह गरेको माया हल्ला नगर)
यो मनले (तिम्लाई हो रोजेको)२
पिरतीमा सानो ठाउँ खोजेको
(सल्लाह गरेको माया हल्ला नगर)
न भन्नु है (यो कुरा कसैलाई)२
दिएको छु मन मुटु तिमीलाई
(सल्लाह गरेको माया हल्ला नगर)
भन्दिन म ( तिमीलाई देखेको)२
यो छातीमा तिम्रो नाम लेखेको
(सल्लाह गरेको माया हल्ला नगर)
मैले पनि ( लेख्या छु तिम्रो नाँउ)२
तिम्रै लागि राख्या छु दिलमा ठाँउ
(सल्लाह गरेको माया हल्ला नगर)
हाँसी खेली ( माया मै रमाउँला )२
पिरतीको घर बार सजाउँला
(सल्लाह गरेको माया हल्ला नगर)
हरि उप्रेती-USA